उपत्यकामा थप १५३५ जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १५ सय ३५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

यसमध्ये ९०६ जना पुरुष र ६२९ जना महिला रहेका छन् ।

देशभर २ हजार ८५६ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १२ हजार ३११ जनाको परीक्षण गरिएको थियो ।

योसँगै नेपालमा कूल संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ । सक्रिय संक्रमित ४५ हजार ५७२ जना रहेका छन् ।

आइतबार थपिए २८५६ जना कोरोना संक्रमित