आइतबार थपिए २८५६ जना कोरोना संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय ५६ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४५ हजार ५ सय ७२ रहेको छ भने ३ हजार ६४ जना क्वारेन्टिनमा छन्।

पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोनाबाट मृ’त्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ सय ४७ पुगेको छ।

उपत्यकामा थप १५३५ जनामा संक्रमण पुष्टि