के गर्दै छन् मेमोरी किङ भनिएका विजय शाही

गत वर्ष माघको कुरा हो, विजय शाहीले मेमोरी किङ भनिएको विधामा च्याम्पियन बुक अफ वल्र्ड रेकर्ड्समा नाम लेखाए । त्यसपछि उनको नाम चर्चामा आउन थाल्यो । यसअघि यो रेकर्ड नेपालका मेमोरी किङ भनेर समेत चिनिने अर्पण शर्माको नाममा थियो । शर्माले ४२ शब्द स्मरण गरेर रेकर्ड बनाएका थिए ।

तर, उनलाई भारतका सागर भुजी भन्ने व्यक्तिले जिते । भारतका सागर भुजीले एक मिनेटमा अगाडि र पछाडि दुवैतिरबाट ७० शब्द सम्झिएर रेकर्ड बनाएका थिए । कालिकोटका विजयले जब यो रेकर्ड तोडे, उनको चर्चा बढ्न थालेको हो ।

साउन ६ मा शाहीलाई रिपोर्टस् क्लबमा लगियो । त्यहाँ उनलाई केही व्यक्तिहरुले केही किताब दिए र त्यसलाई पढ्न लगाए । तर, शाहीले मानेनन् । यसअघि शाहीमाथि आलोचना हुन थालिसकेको थियो, अब यो आलोचनाको झिल्को झन् बढ्न थाल्यो ।

ह्वारह्वार्ती सल्किएको यो आलोचना अब झन् बढ्न थाल्यो । कतिले त उनले अहिलेसम्म नेपालीलाई झुक्याएको पनि भन्न थाले ।

यस्तो भन्नुका केही आधार थिए । यसअघि नेपाली मिडियालाई केही पात्रहरुले नराम्रोसँग झुक्याएका थिए । ०६८ सालमा इटहरीकी अनुजा बानियाँले ९० लाखभन्दा धेरै पैसा पाएको भनेर होस् या रसेन्द्र भट्टराईले आफ्नो रवाफ देखाएको प्रसंगमा किन नहोस्, नेपाली मिडिया नराम्रोसँग झुक्किएका थिए ।

त्यसैले विजय शाहीले पनि कतै नेपाली मिडियालाई झुक्याएका त होइनन् भन्ने प्रश्न उठ्नु स्वभाविक नै थियो ।

अनि त्यही रिपोर्ट्स क्लबमा भएको पत्रकार सम्मेलनमा पनि विजय शाहीले आफूले त्यसअघि गरिरहेको दाबीलाई झुटो भएको आफैं प्रमाणित गरिदिए । उनले भने, ‘मैले पाना पल्टाएकै आधारमा सम्झिएको होइन, केही समय त लाग्छ नै, अहिले आएका भिडियोहरुमा त्यो मैले लिएको समय काटिएको छ ।’

उनको यो स्वीकारोक्तीले प्रष्ट्याएको छ, ५ मिनेटमा नै १२ सयभन्दा बढी किताब पढ्नु चाहिँ खासमा सम्भव हुँदैन ।

अहिले के गर्दै छन विजय शाही भन्ने भन्ने प्रश्नको उत्तरमा उनका साथी भन्छन”विजय गलत प्रयोग भएको हो , सस्तो चर्चाको लागि यतीसम्म गर्ला सोचिएन”

थप भिडियोमा हेर्नुस्