साप्ताहिक राशिफल; कात्तिक ९ गते आईतबारदेखी १५ गते शनिबारसम्मको हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

आम्दानीको स्राेत देखिन्छ । धनको सहयोग मिल्नाले आँटेको काममा सफलता हुनेछ ।सन्तानको सहयोगले धनको कारोबार मिल्नेछ । आकस्मिक धनको लाभ हुनेछ । लगानीमा सन्तोष हुनेछ । कृषि एवम् भूमिबाट फाइदा हुने पशुचौपायामा लाभ हुनेछ । माइती मावली पक्षबाट सहयोग मिल्नेछ । राजनीतिमा पहुँच मिल्ने एवम् सरकारी क्षेत्रबाट फाइदा हुनेछ । अनावस्यक चिन्ताले दुष्मनी बढ्नेछ । सवारी साधनले समस्या दिनेछ । यात्रामा झन्झट र ढिलासुस्ती हुनेछ। साताको अन्त्यमा भने स्वास्थ्यमा समस्या एवम् पारिवारिक खर्च बढ्नेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

नोकरी, रोजगारीमा सफलता मिल्नेछ। धनसम्पत्तिको सुख मिल्ने एवम् काममा जस पाइनेछ । सामाजिक काममा सफलता मिल्नेछ । ठूलावडाको सहयोगले पुरानो काममा प्रगति हुनेछ । संगीत एवम् कलाकारितामा रुचि बढ्ने तथा सामाजिक क्षेत्रमा प्रतिष्ठा कायम रहनेछ। लगानीमा फाइदा मिल्नेछ । तथा व्यापार व्यवसायमा सामान्य आम्दानी हुनेछ । साताको अन्त्यमा भने काम बिगार्ने अघि सर्नेछन् । मानसिक चिन्ताले जिम्मेबारीमा बाधा आउनेछ। गुप्त शत्रुको भय रहनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

विदेशबाट फाइदा मिल्नेछ । सामाजिक एवं परोपकारमा व्यस्तता हुनेछ । सामाजिक एवं धार्मिक काममा समय व्यतित हुनेछ । लामो यात्रा हुने एवम पारिवारिक भेटघाट रहनेछ । धर्म कर्ममा रुचि जाने एवम् सामाजिक क्षेत्रमा पहिचान मिल्नेछ । पद, प्रतिष्ठा वृद्धि हुने एवम् सम्मानको योग रहेको छ । साताको अन्त्यमा धनको प्राप्ति हुनेछ एवं सवारी सुख मिल्नेछ । साथीभाइको साथमा धनको व्यय हुनेछ। ठूलावडाको साथ मिल्नाले आम्दानीको स्तर बढ्नेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

अनावश्यक लाञ्छना लाग्नेछ । काममा वाधा आउनाले खर्चको लागत बढ्नेछ शुरु गरेको काममा वादविवाद आउनेछ । नयाँ जिम्मेवारीको काम अधुरो हुनेछ । स्वास्थ्यमा समस्या हुने एवम् प्रियजनबाट धोका हुनेछ । साताको मध्यमा भने धार्मिक यात्रा हुने एवम वैदेशिक कामबाट फाइदा मिल्नेछ । टाढाबाट सहयोग आउनाले अधुरा काम पूरा हुने देखिन्छ।जिम्मेवारी मा प्रशंसा आउनेछ। साताको अन्त्यमा भने रोजगारीको अवसर मिलने एवम् राजनीति एवम नेतृत्वमा राम्रो अवसर मिल्नेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

साझेदारीमा फाइदा एवम् व्यावसायिक यात्रा हुनेछ । जीवनमा साथीको सहयोगले महत्वपूर्ण काम बन्नेछ । वैवाहिक सम्वन्धमा प्रगति हुनेछ । प्रेममा खुशी बढ्नेछ । साथी भाइको सहयोगमा सामाजिक काम बन्नेछ । साताको मध्यमा भने काममा धोका हुन सक्ने एवम् स्वास्थ्यले समेत समस्या दिन सक्नेछ । साताको अन्त्यमा भने भाग्यले साथ दिने, अधुरा काम बन्ने एवम् राजनीतिक नेतृत्वसँग राम्रो सम्बन्ध स्थापित हुनेछ। धन बढी खर्च हुने तथा काम लम्बेर जानेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

प्रतिष्पर्धामा विवाद आउनेछ । व्यक्तिगत काम पर सर्नेछ। घरबाहिर व्यस्तता बढ्नेछ । खेलकुदमा मन जाने एवम् नयाँ मित्र भेटघाट हुनेछ । मीठो भोजनको सुख मिल्नेट । पारिवारिक काममा व्यस्तता बढ्नेछ । वादविवाद टुंगो लाग्ने एवम साथीभाइसँग नयाँ मित्रता गाँसिनेछ । वैदेशिक यात्राको योग पर्ने एवम् साझेदारी व्यवसायमा आम्दानी राम्रो हुनेछ। साताको अन्त्यमा भने अनावश्यक झमेला आउने तथा अरुबाट धोका मिल्न सक्नेछ। पराक्रम बढ्ने एवम् पारिवारिक भेटघाट हुनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

विद्याध्ययनमा प्रगति देखिन्छ । कला, संगीतमा रुचि जाने एवम् आम्दानीको स्तर बढ्नेछ । सांगीतिक कार्यमा रुचि र संलग्नता जानेछ । नाताबाट आर्थिक सहयोग मिल्नेछ । सन्तानको सहयोग मिल्नेछ । खेलकुद एवम् प्रतिस्पर्धामा जीत हुने तथा ठूला वडाबाट सहयोग मिल्नेछ । साथीभाइको सहयोगले काम बन्ने एवम् रमाइलो यात्रा हुनेछ । नयाँ कामको योजना बन्नेछ । समझदारीमा पूरानो विवाद टुंगिनेछ । नयाँ कूल कुटुम्बको सहयोग एवं साथ मिल्नेछ। पारिवारिक मेलमिलाप एवम् प्रेममा प्रगति देखिन्छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

मानसिक चिन्ता बढ्ने एवम् घरायसी मामिलामा समस्या आउनेछ । साताको शुरुमा मित्रतामा वाधा आउनेछ । घरायसी काममा बाधा आउने स्वास्थ्यमा खर्च बढ्नेछ । स्वास्थ्यले समस्या दिने एवम् मित्रबाट असहयोग हुनेछ । साताको मध्यमा भने सन्तानबाट सहयोग मिल्नेछ । पशुचौपायाबाट आम्दामी हुनेछ । खाद्यान्नको व्यापारमा फाइदा हुने एवम् सम्पति जोरजम्मा हुनेछ । साताको अन्त्यमा भने नोकरीमा फाइदा एवम् शारीरिक परिश्रम एवम् जिम्मेबारीको भार बढ्नेछ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

दाजुभाइबाट सहयोग एवम् पारिवारिक मेलमिलापबाट काम बन्नेछ । काममा बाेझ थपिनाले काम अधुरो रहनेछ । सरसापट लेनदेनमा धनको व्यय हुनेछ । साथीभाइसँग रमाइलोमा खर्च हुनेछ । पूरानो काममा जिम्मेबारी बढ्नेछ । पूरानो काममा फाइदा मिल्नेछ । छोटो एवं रमाइलो यात्रा हुनेछ । हतारमा काम बिग्रिनाले आर्थिक व्यय हुनेछ । साताको अन्त्यमा भने अध्ययनमा रुचि जाने एवम् लगानीमा फाइदा मिल्नेछ । बौद्धिक जगतमा प्रशंसा मिल्नेछ। छातीको बिमार देखिने एवम् सन्तानको स्वास्थ्यमा खर्च हुनेछ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

बोलीले काम बन्ने एवम् ठूलावडासँग भेटघाट हुनेछ । धनकोे कारोबारमा वृद्धि हुनेछ । आफन्तको सहयोगमा काम अगाडि बढ्नेछ । सभा एवम् गोष्ठीमा सहभागिता मिल्नेछ । नयाँ योजना शुरु हुने एवम् पुराना कामबाट फाइदा मिल्नेछ । कामको जिम्मेवारी थपिने एवम् छोटो यात्राको योग बन्नेछ । साताको अन्त्यमा भने प्रेममा मनमुटाव हुने, आपसी झैझगडा बल्झिने देखिन्छ । विरोधीहरुले काम एवं जिम्मेवारीमा कलहको सृजना हुनेछ। भाइबन्धुको सहयोग मिल्ने एवम् परिवारमा सद्भाव रहनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

फाइदा अरुले लिनाले लगानी खेर जानेछ । समझदारीको काममा योजना बिग्रिनेछ । आफन्तबाट आलोचनाको भय हुनेछ । आलस्यताले काममा अधुरो हुनेछ । हतारमा काम बिग्रिनाले अपजसको भागिदार भइनेछ । साताको मध्यमा भने धनसम्पत्तिको जोहो हुने एवम् आर्थिक सहयोग मिल्नेछ । साताको अन्त्यमा भने रमाइलोमा खर्च हुनेछ । पैसाको अभाव रहने एवम् वैदेशिक कामबाट झन्झट मिल्नेछ । नयाँ ठाउमा हिड्डुल बढी हुनेछ। खानपिनमा रमाइलो एवम् साथीभाइसँग भेटघाट रहने तथा भोग विलासमा धन खर्च हुनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

अनावश्यक खर्च बढ्ने एवम् सरसहयोगमा धन सकिनेछ । छोटो यात्राको सुख मिल्नेछ । सरसामान हराउन सक्नेछ । यात्रामा सास्ती हुनेछ । मानसिक चिन्ता बढ्ने एवम् योजनामा ढिलासुस्ती हुनेछ । साताको मध्यमा भने मित्रजन भेटघाट हुने एवम् पारिवारिक सहयोग मिल्नेछ । साताको अन्त्यमा भने व्यापारमा फाइदा एवम् लगानीमा नाफा मिल्नेछ। धार्मिक काममा व्यस्तता बढ्ने एवं सम्पत्तिको सुख मिल्नेछ। प्रेममा प्रगति हुनाले शंका हटेर जानेछ ।

तपाईको दिन शुभ रहोस्