
नवलपरासी — प्रहरीले आइतबार बिहान कावासोतीबाट ५ जना जुवाडेलाई पक्राउ गरेको छ । उनीहरूका साथबाट १ लाख ६८ हजार नगदसमेत बरामद गरिएको छ ।
कावासोती नगरपालिका–१४ को एक घरमा कौडा खेलेको गोप्य सूचनाका आधारमा छापा मार्दा उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ । चाडबाडमा जुवातास खेल्ने क्रम बढेसँगै निगरानी बढाइएको प्रहरीले दाबी गरेको छ ।