भोट दिनेलाई कोरोनाको भ्याक्सिन निः शुल्क दिने वाचा !

भारतको बिहारमा कोरोना भाइरसको भ्याक्सिन निःशुल्क वितरण गर्ने बताएका छन्।

कोरोना महामारीका बीच हुन लागेको चुनावमा मतदातासँग भाजपाका नेताहरूले कोरोना भाइरसको भ्याक्सिन निःशुल्क वितरण गर्ने बाचा गरेका हुन् । भारतीय जनता पार्टीको चुनावी संकल्पपत्रमा बिहारवासीहरुका लागि कोरोना भ्याक्सिन निःशुल्क उपलब्ध हुने उल्लेख गरिएको छ।

केन्द्रीय अर्थमन्त्री निर्मला सीतारमणले पटनामा संकल्पपत्र जारी गर्दै यस्तो घोषणा गरेकी हुन् । यससँगै भाजपामाथि कोरोना महामारीको राजनीतिकरण गरेको आरोप लागेको छ।