नेपालमा फेरी भूकम्पको धक्का

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शनिबार अपरान्ह दोलखालाई केन्द्रबिन्दु भएको भूकम्पको धक्का महसुस भएको छ।

दोलखाको जिरी नजिकै केन्द्रबिन्दु भएको ४ म्याग्निच्यूडको भूकम्पको धक्का दोलखा, रामेछाप, सिन्धुली, काभ्रेसहितका जिल्लामा महसुस भएको थियो।

भूकम्पबाट कुनै मानवीय तथा भौतिक क्षति भएको छैन।

यसअघि भदौ ३१ गते सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर ६ म्याग्निच्युडको भूकम्प गएको थियो।

जुन २०७२ को गोरखा भूकम्पयताकै शक्तिशालीमध्ये एक थियो।