सरकारले नि:शुल्क उपचार गर्छ, अफवाह नफैलाउनु : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथाम तथा उपचारमा सरकार कर्तव्य विमुख हुन नखोजेको स्पस्ट पारेका छन्। ​शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै उनले जो जहाँ छन् त्यहीँ बसेर दशैं तिहार जस्ता चाडबाड मनाउन पनि आग्रह गरेका छन्।

चाडबाडहरु पर्व र उत्सव मात्रै नभएर सामाजिक प्रबन्धका आधारसमेत भएकाले महामारीबीच पनि संयमित भई चाडपर्व मनाउन देशवासीलाई आग्रह गरेका छन्।

ज्येष्ठ नागरिक, बालबालिका र कमजोर स्वास्थ्य अवस्था भएका व्यक्तिमा संक्रमण घातक हुन सक्ने भएकाले सचेत भई जो जहाँ छौं त्यहीँ चाडपर्व मनाउन उनले आग्रह गरे।

विभिन्न माध्यममा कोरोना उपचारको विषयमा अनावश्यक अफवाह आइरहेका र त्यसको पछाडि नलाग्न समेत उनले आग्रह गरेका छन्।