अ*परा*धी र त*स्क*रसँग मिल्ने प्रहरीले जागिर छोड्न तयार रहन डिआइजी कार्कीको चे*ता*वनी

जनकपुरधाम। प्रदेश नम्बर २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक प्रद्युम्न कार्कीले अ*प*राधी र त*स्क*रसँग मिल्ने प्रहरीले जागिर छोड्न तयार हुनुपर्ने चे*तावनी दिएका छन्।

कार्कीले आफ्नो कार्यकालको एक महिनाको प्रगति सार्वजनिक गर्दै प्रहरी आचरणमा नबसे सहन नसक्ने बताए। ‘पुलिसले कुनै अ*पराधी र त*स्क*रसँग साँ*ठ*गाँठ गरेको सहदिनँ, प्रहरी आफैं ठीक हुनुपर्छ,’ कार्कीले मंगलबार जिल्ला प्रहरी कार्यालय धनुषामा पत्रकार सम्मेलन गर्दै भने, ‘अपराधी र तस्करसँग मिल्ने प्रहरी जागिरमा बसिरहन उचित हुँदैन, म कारबाही गरेर त्यस्ता प्रहरी हटाउँछु।’

प्रहरी आन्तरिक शुद्धीकरणलाई प्रमुख प्राथमिकतामा राखेको बताउँदै कार्कीले तस्करी, ह*ति*यार ओसारपसार, ला*गुऔ*षध कारोबारलगायत कुनै पनि सीमा अपराध नियन्त्रणमा प्रहरी आ*क्रा*मक भएर लाग्ने बताए। ‘त*स्करी नियन्त्रणमा म कसैसँग कुनै पनि किसिमको कुरा पनि गर्न सक्दिनँ र मेरो मातहतको प्रहरी त*स्करसँग मिल्यो भने जागिरमा बसिरहन दिँदिनँ पनि,’ कार्कीले भने।

सीमानामा मरिच, गाइगोरु तस्करी, ह*तियार का*रोबार तथा ला*गुऔ*षध नियन्त्रणमा पर्याप्त जनशक्ति खटाएको भन्दै डिआइजी कार्कीले प्रहरीले गै*रकानुनी काम गर्ने कसैलाई पनि कुनै पनि दबाबमा नछोड्ने दृढता व्यक्त गरे।

पत्रकार सम्मेलनमा कार्कीले आर्थिक वर्ष २०७६/०७७ को साउन महिनाको प्रगति विवरण सार्वजनिक गरे। साउन महिनामा मात्र २७ प्रहरीलाई का*रबाही गरिएको उनले बताए। राम्रो काम गर्ने ३९ जनालाई पुरस्कृत गरिएको जानकारी पनि उनले दिएका छन्।

कारबाहीमा पर्नेमा प्रहरी जवानदेखि प्रहरी नायब उपरिक्षकसम्म रहेको कार्कीले बताए। एक महिनामा ६६ फरार प्रतिवादीलाई प्रहरीले प*क्राउ गरेको उनले जनाए।

भन्सार छली निकासी/पैठारीमा करिब २ करोड २२ लाख मूल्य बराबरको सामग्री जफत गरी २३ जनालाई प*क्राउ गरिएको उनले बताए। ‘त*स्करी नि*यन्त्रण गरी राजस्व संकलनमा सरकारलाई सहयोग गर्छौं,’ कार्कीले भने।

साउन महिनामा मात्र प्रदेशका आठ जिल्लामा २७८.७२१ किलो गाँ*जा, २ सय ५० ग्राम अ*फिम र अन्य लागु*औ*षध २ हजार ६५९ एम्पुल बरामद भएको उनले बताए। लागुऔषधका मु*द्दामा एक सय चार जनालाई प*क्राउ गरी ६० वटा मु*द्दा दर्ता गरेको कार्कीले बताए।

अ*वैध म*दिरा बनाउने ४ जनालाई प*क्राउ गरी २३ वटा भ*ट्टी, ७ हजार १५९ लिटर क*च्चा पदार्थ र ३३ हजार ७ सय ८५ लिटर म*दिरा न*ष्ट गरिएको उनले जानकारी दिए। प्रदेश २ मा साउन महिनामा ट्राफिक कारबाहीबाट ६९ लाख ५८ हजार ५ सय रुपैयाँ संकलन भएको छ। सिरहा, रौतहट र पर्सामा कटुवा पे*स्तो*ल, भरुवा ब*न्दुक लगायतका ४ थान ह*ति*यार र ६ जनालाई प*क्राउ गरी हा*त*हति*यार तथा खरखजना मु*द्दामा कारबाही थालिएको उनले बताए।

डिआइजी कार्कीले प्राकृतिक स्रोतसाधनको अ*वैध उत्ख*नन्, निकासी तथा पैठारीमा पनि प्रहरीले हात हालेको बताए। ‘प्राकृतिक स्रोतसाधन, खोलानालामा अ*वैध उत्खनन् र ओसारपसार हुन प्रहरीले दिँदैन,’ कार्कीले भने।