नेपालमै जन्माइन् बिहेकै दिन बेहुलीले बच्चा !

सिरहाको सुखिपुर नगरपालिका ४ पोखरीया गाउँमा विवाह भएकै दिन बेहुलीले छोरा जन्माएकी छन् ।

राज कुमार मोचीको छोरा उमेशकुमार रामले सिरहाको तेनुवापटी शिवनगर बस्ने बलिराम मोचीको छोरीसँग विवाह गरेका थिए ।

घरमा भित्राउने समयमा बेहुलीले बच्चालाई जन्म दिएकी हुन् ।

लगतै बेहुलाका परिवारजनले बेहुलीलाई माइत पठाएका छन् । बच्चा स्वथ्य रहेको स्थानिय बासीराम सिंहले दिए ।