राष्ट्रपतिलाई कोरोना संक्रमण पुष्टि

बिहीबार कोरोना भाइरस परीक्षण गराएका राष्ट्रपति अन्ड्रेज डुडाको रिपोर्ट शनिबार आएको हो।

पोल्यान्डका राष्ट्रपति अन्ड्रेज डुडा कोरोना भाइरसबाट संक्रमित भएका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार राष्ट्रपतिका प्रवक्ता ब्लेजेज स्पाइचल्सकीले ४८ वर्षीय राष्ट्रपतिमा संक्रमण देखिएको पुष्टि गरेका हुन्।

 

अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको र उनी होम आइसोलेसनमा रहेको सञ्चार माध्यमहरुले जानकारी गराएका छन्।