अबदेखि मास्क नलगाए २ वर्ष जे’ल स’जाय हुने

कोरोना संक्रमण फैलिएयता धेरैजसो देशमा मास्क अनिवार्य गर्न थालिएको छ। त्यसका लागि कतिपय देशमा दण्डनीय नीति नै बनाउन थालिएकाे छ। यसै क्रममा इथोपियामा मास्क नलगागाउनेलाई २ वर्ष जे’ल स’जाय हुने नयाँ कानुन जारी गरिएकाे छ।

इथोपियाका महान्याधिवक्ताले सीएनएनसँग आपतकालीन अन्त्य घोषणा गरिए पनि मास्क लगाउन अनिवार्य गरिएको बताएका छन्। उनका अनुसार कुनै पनि नागरिकले हात मिलाउन र मास्क नलगाई सार्वजनिक स्थानमा घुमफिर गर्न पाउने छैनन्। सार्वजनिक स्थान वा होटललगायतका ठाउँमा बस्दा व्यक्ति-व्यक्तीबीच कम्तीमा ६ फिट दूरी कायम गर्नु पर्नेछ।

अफ्रिकी मुलुकमा दोस्राे ठूलो जनसंख्या भएको इथोपियाले गत अप्रिलमा कोरोना संक्रमण नियन्त्रणका लागि आपतकाल घोषणा गरेको थियो। तर गत सेप्टेम्बरमा याे हटाएकाे थियाे। इथोपियामा हालसम्म ९१ हजार १ सय १८ जनामा कोरोना देखिएको छ भने १ हजार २ सय ८४ जनाको मृ’त्यु भएको छ।