पर्सामा ३ महिला सहित ११ जनामा कोरोना संक्रमण पुष्टि

वीरगञ्ज, ८ कात्तिक । पर्सामा ३ महिला सहित ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितहरुमा २ वर्षीय बालकदेखि ६० वर्षीयका वृद्ध समेत रहेका छन् । पर्साको वीरगंजस्थित नारायणी अस्पतालको प्रयोशालामा पर्सा र बारा जिल्लाको विभिन्न स्थानबाट जम्मा गरेर ल्याइएको ७२ जनाको थ्रोट स्वाबलाई परीक्षण गर्दा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पर्साका ११ र बाराका २ जनामा संक्रमण पुष्टि भएको जिल्ला प्रसाशन कार्यालय पर्साका प्रमुख प्रसाशकीय अधिकृत बिनय कुमार श्रीवास्तवले जानकारी गराएका छन् । पर्सामा भेटिएका सम्पूर्ण संक्रमित वीरगञ्ज महानगरपालिकाका बासिन्दा हुन् । वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १५ का ४ जना, वडा नम्बर ११ का ३ जना, वडा नम्बर १४ का २ जना र वडा नम्बर ९ र १० का १र१ जनामा संक्रमण देखिएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेस कुमार चौरसियाले बताउनुभयो ।
नारायणी अस्पतालमा नै परीक्षण गरिएको बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ र १४ का १र१ जना संक्रमित भेटिएको उहाँले बताउनुभयो ।