पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई दम्पतीलाई कोरोना संक्रमण

प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीलाई कोरोना संक्रमण भएको छ ।

कोरना संक्रमणको जानकारी दिदै डा भट्टराईले भनेका छन्

हिसिला र म दुबैलाई कोभिड(१९ को संक्रमण पुष्टी भएको छ। कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटीभ आएको हो। चिकित्सकहरूको सल्लाह बमोजिम हामी होम आइसोलेसनमा नै रहनेछौं। केही समय यता हाम्रो सम्पर्कमा रहनुभएका महानुभावहरू सबैले सतर्कता अपनाउनुहुन विशेष आग्रह छु।