नेपालमा पछिल्लो २४ घण्टाको कोरोना अपडेट

नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ४ सय ९९ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५३ हजार ५ पुगेको छ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २ हजार ७ सय २० जनामा कोरोना पुष्टि भएको छ। जसमध्ये १ हजार ९२ महिला र १ हजार ६ सय २८ पुरुष छन्।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसकाे संक्रमणबाट थप १७ जनाको मृ’त्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ सय २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार २ हजार ६ सय ६८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ५ हजार ४ सय ८८ पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४६ हजार ६ सय ९१ रहेको छ भने ३ हजार ५ सय ९० जना क्वारेन्टिनमा छन्।

स्वास्थ्य मन्त्रालयले देशभर २९० जना कोरोना संक्रमितको आईसीयुमा र ६९ जना कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको जनाएको छ।