लागुऔषध मुद्दापछि दीपिका पहिलो पटक सामाजिक सञ्‍जालमा

मुम्बई । अभिनेत्री दीपिका पादुकोण लकडाउनको सुरुका दिनमा सामाजिक सञ्‍जालमा सक्रिय थिइन् । यद्यपि बलिउड लागुऔषध मुद्दामा उनको नाम बारिहएपछि भने दीपिका इन्स्टाग्राम र ट्विटरमा देखिनै छोडिन् ।

उनको इन्स्टाग्राममा अन्तिम पोस्ट २३ सेप्टेम्बरमा थियो । एक महिनापछि दीपिका पुनः इन्स्टाग्राममा देखिएकी छिन् । उनले इन्स्टाग्राम स्टोरीमा खास सन्देश पोस्ट गरेकी छन् । दीपिकाले बाहुबली फेम्ड अभिनेता प्रभासको जन्मदिनको विशेष अवसरमा एक महिनापछि सामाजिक सञ्‍जालमा पोस्ट गरेकी हुन् ।

उनले अभिनेता प्रभासको फोटो राखेर यसरी शुभकामना लेखेकी छन्, “डियर प्रभास, तपाईं सधै खुशी र स्वस्थ रहनू । आशा गर्दछु आगामी वर्ष तपाईंको लागि उत्कृष्ट हुनेछ । भारतीय सञ्‍चारमाध्यमका अनुसार दीपिका र प्रभास एउटा नयाँ चलचित्रमा सँगै काम गर्दछन् ।

सुशान्त मृत्यु प्रकरण लागुऔषधको मुद्दामा अघि बढेसँगै अभिनेत्रीहरु दीपिका, सारा अली खान, श्रद्धा कपूर र रकुल प्रित सिंहसँग एनसीबीले सोधपुछ गरेको थियो । साथै लागुऔषध मुद्दामा दीपिकाको ह्वाट्स एप च्याट पनि बाहिरीएको थियो, भने उक्त गु्रपको एडमिन दीपिका रहेको खुलासा पनि भएको थियो ।

यद्यपि दीपिका एनसीबीलाई बयान दिने क्रममा आफूले लागुऔषध कहिले पनि सेवन नगरको तर चुरोट भने लिने गरेको बताएकी थिइन् । र चुरोटको लागि उनीहरु कोड वर्ड्स प्रयोग गर्ने गरेको पनि बताए ।