उपत्यकामा मात्र २७२० जना ; आज कुन जिल्लामा कति कोरोना संक्रमित थपिए?

काठमाडौँ उपत्यकामा मात्र २७२० जना संक्रमित थपिएका छन् । यसमा १ हजार ९२ जना महिला तथा १ हजार ६२८ जना पुरुष रहेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ४ सय ९९ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५३ हजार ५ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोनाबाट मृ’त्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ सय २९ पुगेको छ।