रवि लामिछाने रिहा भएपछि हजारौं समर्थक खुशीले झुमे

चितवन। पाँच लाख धरौटीसहित तारिखमा रिहा भएपछि रवी लामिछानेका समर्थकहरुले चितवनमा खुसीयाली मनाएका छन् ।

अदालतले रिहा गरे लगत्तै लामिछानेका शुभेच्छुक र आफन्तले खुशीयाली मनाएका हुन्। रविको पक्राउसँगै लगातार ११ दिनसम्म समर्थकहरुले चितवनमा विरोध प्रदर्शन गर्दै आएका थिए ।

उनको रिहाइसँगै समर्थकहरुले सामाजिक सञ्जालहरुमा पनि खुसीयाली व्यक्त गरिरहेका छन् । जिल्ला अदालत चितवनको परिसरमा पनि ठूलो संङख्यामा समर्थहरु स्वागतका लागि उपस्थित भएका छन् ।