भारतीय जासुस भेटेको छैन : माधव नेपाल

नेकपाका वरिष्ठ नेता माधव नेपालले आफूले भारतीय गुप्तचर प्रमुख सामन्तकुमार गोयलसँग भेट नगरेको बताएका छन्।

बुधबार अकस्मात काठमाडौं आएका भारतीय गुप्तचर प्रमुख गोयलले प्रधानमन्त्री केपी ओलीसहित विभिन्न राजनीतिक दलका नेतासँग भेटघाट गरेको समाचार सार्वजनिक भएपछि पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता नेपालले समाजिक सञ्जाल ट्वीटरमार्फत आफूले रअ प्रमुख गोयलसँग भेट नगरेको बताएका हुन्।