दशगजामा नेपालीको शव फेला

नेपाल भारतको सीमा नाका दशगजादेखि दक्षिणमा एक जना नेपाली युवाको मृ’त अवस्थामा श’व भेटिएको छ । विराटनगर–१६ को दक्षिण गेटदेखि करिब १ सय मिटर दक्षिण भारतको जोगवनीको रेल्वे स्टेशन छेउमा २५ वर्षीय युवाको आ बिहान मृ’त अवस्थामा श’व भेटिएको हो ।

मृतकका युवा श’व अहिलेसम्म खनाखत भइरहेको छैन । उनी लागूऔषध सेवनकर्ता रहेको खुलेको छ । मृ’तक युवा बुधबार जोगवनीमा लागूऔषध सेवन गर्न गएको बुझिएको छ । उनको नाम नखुलेपनि इटहरी घर भएको यहाँका स्थानीय बताउँछन् ।

मृ’तकका युवाको शरिरमा चोटपटक पनि लागेको छ । शरीरको पछाडि ढाडमा चोट लागेको कारण रगत बगेको छ । कुटपिट गरि ह’त्या गरेको हुनसक्ने आशंका गरिएको छ । तराइबासी देखिने मृतक युवाको उचाइ ५ फिट ४ इन्च रहेको छ । उनको दुवै हातमा ट्याटु खोपेका छन् भने दाइने कानमा टप लगाएका छन् ।

मृतकको सनाखत भइ नसकेको इलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रमुख प्रहरी निरीक्षक दिपक दाहालले जानकारी दिनुभयो । घटनास्थल भारतीय क्षेत्रमा पर्ने भएकोले भारतीय प्रहरीले अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।