प्रधानमन्त्री ओलीलाई तरुण दलको चे’तावनी

नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले बुधवार विज्ञप्ति जारी गरेर परीक्षण र उपचार आफै गर्नुपर्ने निर्णय फिर्ता लिन चे’तावनी दिएका छन् ।

रोग भोक र अभाबमा जनताको साथमा नहुने सरकार आवश्यक भै रहन्छ र ? उनले प्रश्न गरेका छन्।

यस्तो छ तरुण दलको विज्ञप्ति:

नेपालमा कोरोना भाईरसको संक्रमण सुरु भए देखि नै नेपाल तरुण दल केन्द्रिय समितिले सरकारलाई बेला बेलामा सुझाब र खबरदारी गर्दै आइरहेको कुरा यहाँहरु सबैमा सर्बबिदितै छ । तर सरकारको आफ्नै अकर्मण्यताका कारण आज दिनानु दिन संक्रमित र मृ’त्यु हुनेको संख्या बढीरहेको छ।

यस्तो महामारीको बेलामा सरकारले जनता प्रति निर्बाह गर्नुपर्ने समान्य भन्दा समान्य जिम्मेवारीबाट पनि पन्छिदै गएको छ । यस्तो महामारीको बेला परिक्षण र उपचारको दायरा बढाउदै लैजानुपर्ने समयमा सरकार ठिक बिपरित परिक्षण, उपचार र लास ब्यबस्थापन जनता स्वयमले गर्नुपर्ने निर्णयमा पुगेको छ यस्तो निर्णय अत्यन्तै खेदजनक छ।

सरकारको यो निर्णय संविधानमा उल्लेखित आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क,जनस्वास्थ्य ऐन २०७५ र सर्वोच्च अदालतको आदेश बिपरित छ । आम जनताको अभिभावकको भुमिका निर्बाह गर्नुपर्ने सरकारले यस्ता गैरकानुनी, संविधान विरोधी र अदालतको अपहेलना लगायतका अलोकतान्त्रिक कार्यबाट पछि हट्दै सम्पुर्ण जनताको निस्शुल्क परिक्षण र उपचार गर्नका लागि आग्रह गर्दछौ।

अन्त्यः मा फेरी पनि प्रश्न गर्न चाहान्छौ रोग भोक र अभाबमा जनताको साथमा नहुने सरकार आवश्यक भै रहन्छ र ?