रविको रिहाइका लागि दवाव दिन चितवनमा मोटरसाइकल र्‍याली

भरतपुर। पत्रकार शालिकराम पुडासैनी आ त्म ह त्या दुरु त्साहन मुद्दाका आरोपी तीनजना अस्मिता कार्कीको आइतबार नै बयान लिइसकिएको छ। आज युवराज कँडेलको बयान लिने कार्य सुरु भएको छ ।

जिल्ला अदालत चितवनमा कँडेलको बयान सकिएपछि अर्का आरोपी रवि लामिछानेको बयान लिने कार्य सुरु हुनेछ ।

रवि लामिछाने निर्दोष रहेको दाबीसहित फ साउन खोजिएको भन्दै उनका समर्थकहरुले चितवनमा दिनदिनै प्र दर्शन गरिरहेका छन् । प्र दर्शन चर्कर्दै गएपछि स्थानीय प्रशासनले अर्को आदेश नभएसम्मका लागि भरतपुरमा निषेधाज्ञा जारी गरेको छ । प्रहरीले बजार क्षेत्रमा सुरक्षा तैनाथी बढाएको छ ।

तर आजपनी प्रशासनलाई रविको रिहाइको लागि दबाब दिनको लागि रविका समर्थकहरुले मोटरसाइकल र्‍याली निकालेका छन। र्‍यालिमा हजारौंको सहभागिता रहेको छ । चौबिसकोठिबाट सुरु गरियको र्‍याली बसपार्क हुँदै बाइपास बाट आपटारी पुगेर पुनः पुलचोक निस्केर बजार परिक्रमा गर्दै चौबिसकोठी पुगेर टुंगिनेछ।