लामिछाने र कँडेलको बयान सकियो, थुन*छेक बहस सुरु, के होला निर्णय ?

काठमाडौँ । पत्रकार शालिकराम पुडासैनी आ*त्म*ह*त्या दुरु*त्साहन मुद्दाका आरोपी रवि लामिछाने र युवराज कँडेलको मुद्दामा थुन*छेक बहस सुरु भएको छ ।

सोमबार जिल्ला अदालत चितवनमा उपस्थित गराइएका लामिछाने र कँडेलको बयान सकिएलगत्तै थुन*छेक बहस सुरु भएको हो ।

उनीहरुको बयान सकिएलगत्तै अदालतमा वादी र प्रतिवादीका वकिलहरुले बहस गर्नेछन् ।

थुनछेक बहसपछि अदालतले उनीहरुलाई थुनामै राख्ने कि धरौटी वा साधारण तारेखमा छाड्ने भन्ने निर्णय गर्नेछ ।

सरकारले भदौ ८ गते लामिछानेवि*रूद्ध पुडासैनीलाई आ*त्म*ह*त्या गर्न बाध्य हुने परिस्थिति खडा गरेको अभियोगसहित जिल्ला अदालत चितवनमा मु*द्दा दर्ता गरेको थियो ।