पेट्रोल पम्पमा आगलागी; ३० हजार लिटर डिजेल नष्ट

रुपन्देहीमा पेट्रोल पम्पमा आगलागी भएको छ।

लु २ ख १५४१ नम्बरको टयाङ्करबाट डिजेल खन्याउने क्रममा सोमबार साझँ भैरहवाको एभरेष्ट आयल सप्लायर्समा आगलागी भएको हो। साथै ट्यांकरमा रहेको ३० हजार लिटर डिजल पनि नष्ट भएको बताइएको छ।

आगलागी हुँदा ट्याङ्कर जलेर नष्ट भएको जनाइएको छ। अहिले तीन वटा दमकलबाट आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

ट्याङ्कर जलेर नष्ट भएपनि पम्प आगलागी हुनबाट जोगिएको बताइएको छ।

एभरेष्ट पेट्रोल पम्पमा आगलागी

यो पनि पढ्नुहोस

आफू मात्रै चुस्ने, मोटाउने र डकार्ने जनतालाई मरे पनि मर भन्नेलाई म मेरो सरकार कसरी भनूँ ?