आफैं उपचार गर्नू, आफैं औषधि किन्नू, भए सरकार किन चाहियो?

सरकारले अबदेखि कोरोना संक्रमणको परीक्षण तथा उपचार खर्च व्यक्ति आफैंले बेहोर्नुपर्ने भनेको छ। यसै सम्बन्धमा लेखक/साहित्यकार खगेन्द्र संग्रौलाले सबैथोक जनता आफैंले गर्नुपर्ने भए सरकार किन चाहियो, सरकारलाई कर किन तिर्ने भनेर प्रश्न गरेका छन्।

‘सरकारी स्वास्थ्य प्रवक्ताको जनतालाई आदेश- आफैं उपचार गर्नू, आफैं औषधि किन्नू,’ लेखक संग्रौलाले फेसबुकमा लेखेका छन्, ‘जनताले सबैथोक आफैं गर्नपर्ने भए यो सरकार किन चाहियो? प्रवक्ताको यो ट्याउँट्याउँ रटान किन चाहियो? सबै आफैं गर्नुपर्ने भए सरकारलाई नागरिकले कर किन तिर्ने? अब चर्को बोल्ने बेला भएन र, मान्यवर?’

यो पनि पढ्नुहोस
जनता भोकै रूँवाउदै बसाउने अनि आफ्ना आसेपासेहरू कमिसन र भत्ता डकार्न लगाउने सरकार किन चाहियो ?’

आफू मात्रै चुस्ने, मोटाउने र डकार्ने जनतालाई मरे पनि मर भन्नेलाई म मेरो सरकार कसरी भनूँ ?