कस-कसले पाउँछन् कोरोनाको निःशुल्क उपचार?

सरकारले कोरोनाको नि:शुल्क परीक्षण र उपचार गर्नुपर्ने वर्ग र समूह निर्धारण गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षण तथा उपचार निःशुल्क गर्नेहरुबारेको परिपत्र देशभरका सबै अस्पताल र प्रयोगशालालाई पठाएको छ।

मन्त्रिपरिषद्को यही असोज १९ गतेको निर्णयानुसार विपन्‍न, अशक्त, असहाय, एकल महिला, अतिअपांगता भएका, ७० वर्षमाथिका जेष्ठ नागरिकले कोरोनाको नि:शुल्क परीक्षण तथा उपचार सरकारबाट पाउनेछन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्‍वर गौतमका अनुसार अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी र सुरक्षाकर्मी लगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीको निःशुल्क कोरोना जाँच र उपचार हुनेछ।