श्रीमानको मुक्का प्रहारबाट श्रीमतीको मृ’त्यु, श्रीमान् प्रहरी नियन्त्रणमा

काठमाडौँ, ३ कात्तिक । श्रीमानले मुड्कीले हान्दा श्रीमतीको मृ’त्यु भएको छ। झापाको मेची नगरपालिका-४ स्थित समायोजन टोलका ३४ वर्षीय पर्वत राईले आइतार आफ्नी श्रीमती २७ वर्षीय संगिता राईलाई मुड्कीले हान्दा श्रीमतीको मृ’त्यु भएको हो ।

मुड्कीले हानेर घाइते बनाएकको भन्ने खबर पाएपछि प्रहरी चौकी बाहुनडाँगीबाट टोली खटिएको थियो। तर त्यहाँ पुग्दा श्रीमतीको मृ’त्यु भइसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी झापाले जनाएको छ ।

उनीहरूबीच विवाद हुँदा श्रीमतीलाई हानेको भनिएको भएपनि के विवाद थियो भन्ने खुलेको छैन । श्रीमतीको ह’त्या गर्ने पर्वतलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ।