प्रधानमन्त्रीले भनुन्, अब उपरान्त संक्रमितको संख्या गन्ने बाहेक केही गरिँदैन : गगन थापा

नेपाली कांग्रेसका सांसद गगन थापाले कोरोना संक्रमितको परीक्षण र उपचार खर्च राज्यले नबेहोर्ने सरकारको पछिल्लो निर्णयको कडा शब्दमा आलोचना गरेका छन्।

पूर्वस्वास्थ्यमन्त्री समेत रहेका थापाले ट्विटरमा प्रधानमन्त्रीलाई मेन्सन गर्दै थापाले लेखेका छन्

‘हरेक दिन खुद्रा खुद्रामा यस्तो निर्णय गर्नुभन्दा बरु सिधै भनिदिनुस् सरकार स्वयं संक्रमित भएर आइसोलेशनमा रहेकोले अब उपरान्त संक्रमितको संख्या गन्ने बाहेक थप केही नगर्ने जानकारी गराइन्छ ।’