हेल्मेटमा १० लाख लुकाएर नेपाल ल्याउने व्यक्ति प’क्राउ

प्रहरीले हेल्मेटमा १० लाख रूपैयाँ लुकाएर ल्याउने एकजनालाई प’क्राउ गरेको छ।

आइतबार दिउँसो साढे ३ बजे प्रहरीले बारा सिम्रौनगढ नगरपालिका ७का २० वर्षीय दिपक पटेललाई प’क्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय रौतहटले ईशनाथ नगरपालिका ७ स्थित सडकखण्डमा भारतबाट आउने पैदलयात्रु तथा सवारीसाधनमा जाँच गरिरहेको थियो ।

सोही बेला भारततर्फबाट नेपालको जयनगर गाउँतर्फ आउँदै गरेको ना ५३प ६२८४ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गरेको थियो। प्रहरीले पटेलले लगाएको हेल्मेट हेर्दा १० लाख रूपैयाँ ब’रामद गरेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए।

एक हजार दरको आठ लाख र पाँच सयको दुई लाख गरी जम्मा १० लाख रूपैँया नगद ब’रामद गरेको हो। थप अनुसन्धानका लागि प्रहरीले पटेललाई रकम सहित भन्सार कार्यालयमा बुझाएको छ।