श’वको प्रतीक्षामा आफन्तहरु चिता कुरेको कुर्‍यै

आइतबार बिहान नोबेल मेडिकल कलेजमा कोरोना संक्रमित ७५ वर्षीय वृद्धको मृ’त्यु भयो । विराटनगर महानगरपालिका– ३ का वृद्धको श’व नेपाली सेनाले दिउँसो ११–१२ बजे घाटमा ल्याइदिने भनेपछि आफन्तले परोपकार घाटमा चिता बनाए ।

तर श’व उठाउने सेनाको टोली आएन । १ घण्टा, २ घण्टा भन्दै रोक्दै रह्यो । श’व ल्याउने प्रतीक्षामा चिता रुङ्नेहरु अलमलमा परे । सेनाको टोलीले गाडी बिग्रिएका कारण श’व उठाउनका लागि केही समय लाग्ने जानकारी दियो ।

आफन्तहरु कोही शवको पर्खाईमा नोबेल मेडिकल कलेजमा बसे । केही परोपकार घाटमा चिता कुरेर बसे । ‘हामी आफै लैजान्छौं भन्दा पनि दिँदैनन्, एकछिन एकछिन भन्दै दिनभर रुँघाए’ छोरा दीपेन्द्र रेग्मीले भने ‘बिहान ४ बजे मृत्यु भयो । श’व अस्पतालमै छ । घण्टौं बित्दा पनि अत्येष्टि गर्न पाइएन् ।’

आइतबार बिहान करिब ९ बजे नोबेल मेडिकल कलेजमै विराटनगर– ७ का ८२ वर्षीय वृद्धको मृ’त्यु भयो । मृ’त्यु प्रश्चात आफन्तले अन्त्येष्टि गर्ने बताएपछि नेपाली सेनाको टोलीले चाँडो चिता बनाउन भन्यो । आफन्तले हाटखोलास्थित परम बिश्रान्ति घाटमा चिता बनाए ।

१–२ घण्टामा ल्याइपुर्‍याउने अनुमान गरेको श’व आइतबार साँझसम्म पुगेन । दिउँसोदेखि साँझसम्म आफन्तले श’व आउने आशमा घाटमा चिता रुँघेर बसे । ‘एकै छिनमा आउँछ भन्दै थिए । तर ५–६ घण्टासम्म पनि ल्याएनन्’ मृतक वृद्धका छोरा प्रज्वल आचार्यले भने ‘दिउँसोदेखि हामी चिता रुँघेर बसेका छौं तर, शव अझै ल्याइएन ।’

नेपाली सेनाले शव व्यवस्थापनका लागि छुट्टै टोली बनाएको छ । टोलीका लागि बनाइएको क्वारेन्टिन भने विराटनगरबाट ८० किलोमिटर टाढा मिक्लाजुङको टाडीमा छ । पहाडी क्षेत्रमा रहेको क्वारेन्टाइनबाट विराटनगर आइपुग्न करिब तीन घण्टा लाग्छ ।

आइतबार भने श’व व्यवस्थापनमा प्रयोग हुने सवारी साधन बिग्रिएका कारण समस्या भएको मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले जानकारी दिए ।

‘श’व व्यवस्थापनमा प्रयोग हुने गाडी बिग्रिएका कारण समस्या भएको हो’ उनले भने ‘गाडी बनिसकेको छ । आजै श’व व्यवस्थापन हुन्छ ।’ श’व व्यवस्थापनमा प्रयोग हुने गाडी एउटा मात्रै भएकाले बिग्रदा ढिलाई भएको उनले बताए ।