कैलाली असई ह’त्या प्रकरण : ११ जना प’क्राउ

कैलालीमा प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको ह’त्यामा संलग्न रहेको आशंकामा प्रहरीले ११ जनालाई प’क्राउ गरेको छ ।

गस्तीमा रहेका असई विकको शव आइतवार बिहान (आज) कैलालीको मोहना नदीमा भेटिएको थियो । त्यस्तै उनीसँगै गस्तीमा रहेका अर्का हबल्दार रामबहादुर साउँद भने बेपत्ता रहेका छन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा विकसँग असन्तुष्ट रहेका समूह तथा त्यस क्षेत्रमा सामान तस्करीसँग संलग्न रहेका व्यक्तिहरु रहेका छन् । यद्यपी घटनाबारे अनुसन्धान भइरहेकाले पक्राउ पर्नेहरुको नाम भने खुलाइएको छैन् ।

गएराति उनीहरु दुवैजना धनगढी उप महानरपालिका १२ को अस्थायी प्रहरी विट जुगेडाबाट ड्यूटीमा निस्किएका थिए ।

उनीहरुमध्ये विकको श’व आइतवार बिहान मोहना नदीको किनारमा भेटिएको थियो । तर साउँद भने अझै बेपत्ता रहेका छन् । खोजतलासका क्रममा साउँदले प्रयोग गर्ने मोबाइल भने फेला परेको प्रहरीले जनाएको छ ।

विकको ह’त्या गरि फालिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।