तँ बलात्कारी होस् ! हेटौंडा मार्चपासका फोटोहरु

मकवानपुरको हेटौंडामा बलात्कार र महिला हिंसाविरुद्ध स्वतन्त्र रुपमा युवतीहरु जम्मा भएर मार्च पास गरेका छन्। हेटौंडाको मुख्य चोकमा रहेको बुद्धचोकमा करिब ४० जना युवती, किशोरीले मार्चपास गरेका थिए भने र्‍याली र प्रदर्शनमा १ सय जनाभन्दा बढीको उपस्थिति थियो। कालो टिसर्ट,कालो पाइन्ट र कालो फेटा बाँधेर बलात्कार र महिला हिंसाविरुद्ध सांकेतिक प्रदर्शन गरेका हुन्।

करिब एक घण्टा गरिएको प्रदर्शनमा उनीहरुले ‘अर्को पालो मेरो पो हो कि ?’ यो अत्याचार अब म सहन्न अब म बोल्छु अब मौन रहन्न’, ‘हत्या हिंसा बलात्कार समाजबाटै बहिष्कार’,हरेक नेपाली नारीले लक्ष्मी हैन, काली बनेर आफ्नो रक्षा गर्ने बेला आएको छ’ लगायत लेखिएको प्लेकार्ड बोकेका थिए।

कार्यक्रमको अगुवाइ गरेकी हेटौंडाकी रोनिसा फुयाँलले महिला हिंसा विरुद्धको प्रत्येक घरको आवाज बुलन्द गर्न सडकमा आएको बताइन्। उनले अहिले पनि धेरै महिला हिंसाका घटनाहरु भएता पनि बाहिर आउन नसकेको र हिंसाहरु नरोकेका भन्दै त्यसको लागि महिलाहरु आफैं अगाडि आउनुपर्ने बताइन्।

बला’त्कारबिरुद्ध युवतीहरु आक्रोशित हुँदै सडकमा (तस्बिरहरु)