न्युजिल्याण्डको निर्वाचनमा प्रधानमन्त्री अर्डेनको पार्टी विजयी

ओकल्याण्ड : न्युजिल्याण्डमा सम्पन्‍न आम निर्वाचनमा प्रधानमन्त्री जकिन्डा अर्डेनको सेन्ट्रल लेफ्ट लेबर पार्टी स्पष्ट बहुमत सहित विजयी भएको छ ।

शनिबार झण्डै एक चौथाइ मत गणना हुन बाँकी छँदा नै विपक्षी पार्टीकी नेत्री जुडिथ कोलिन्सले हार स्वीकार गर्दै जकिन्डालाई बधाइ दिएकी थिइन् । कोभिड १९ महामारी विरुद्धको लडाइँमा सफलता पाउन प्रधानमन्त्री जकिन्डाले देखाएको विवेक र कार्यकौशलका कारण पछिल्लो समय जकिन्डाको चौतर्फी प्रशंसा हुँदैआएको छ ।

हालसम्म मतगणना सम्पन्न भइसक्दा कुल १ सय २० सिटमध्ये जकिन्डाको पार्टीले ६४ सिट जित्ने अपेक्षा गरिएको छ । यसर्थ पनि उनले फेरि आफ्नो पार्टीको एकल सरकार बनाउन सक्षम हुनेछिन् । यस्तै निकटतम प्रतिस्पर्धी लेबर पार्टीले ४९ प्रतिशत मत ल्याएको छ । जुडिथ कोलिन्सको नेशनल पार्टीले भने २७ प्रतिशत मात्रै ।