मलाई सिध्याउन बाबुराम ले गंगा चौधरीको प्रयोग गरि पछाडीबाट प्र’हार गरे: सरिता गिरि

सरिता गिरीले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई नैतिकता नभएको व्यक्ति भनेकी छन। कालापानी-लिपुलेकका विषयमा अनेक बोलेर भारतको पक्षमा वकालत गरेपछि सांसद पद गुमाएकी गिरीले आफूलाई नियोजित रुपमा हटाइएको र त्यसको सम्पूर्ण योजना बाबुरामले बनाएको बताएकी हुन।

आफ्नो सांसद सदस्यता समाप्त गर्न भट्टराईले सांसद गंगा चौधरी लाई प्रयोग गरिएको उनले आरोप लगाएकी छन। नेकपा सांसद गंगा चौधरी पहिला नयाँ शक्तिको तर्फबाट सांसद रहेको र सोहि कारण भट्टराईले चौधरीलाई प्रयोग भन्ने आरोप उनको छ।

नेकपाको सांसद हुनुभन्दा अगाडी सांसद गंगा चौधरी नयाँ शक्ति पार्टीकी सदस्य थिइन। सुनियोजित षडयन्त्र अनुसार मेरो सांसद सदस्यता समाप्त गर्न पूर्वप्रधानमन्त्रीले भट्टराईले सांसद गंगा चौधरी लाई प्रयोग गरे।

अदालत लाई वशमा लिनका लागि मुद्दाको सुनवाई हुनु भन्दा ठीक एक दिन अघि प्रमुख न्यायाधीश लाई महाभियोग लगाउने ध’म्की दिए।

ट्वीटरमा उनले लेखेकी छन्: ‘उनीलाई मानिस बौद्धिक भन्छन तर, म मान्दिन। किन भने– उनी बौद्धिक भइदिएको भए १८१६ को सुगोली सन्धि र नयाँ नक्शाबारे मैले बोलेका कुराहरुलाई पार्टीमा छलफलका लागि लाग्थे।‘संसदीय दलको बैठकमा मैले बोलेका कुराहरु चुपचाप सुने। कुनै प्रतिक्रिया दिएनन। संसदीयदलको बैठकमा पनि विषयलाई बहसमा लगेनन। षडयन्त्रको मगज भएका तानाशाहहरु पारदर्शी र खुला राजनीति गर्न सक्दैनन। उनीहरु पछाडीबाट मात्र प्र-हार गर्न जान्दछन। नैतिकता शब्द उनीहरुको शब्दकोषमा हुँदैन।’