शिलालेखमा नाम नराखेको भन्दै मेयर र उपमेयरबीच हात हालाहाल (भिडियाे सहित)

कैलाली जिल्लाको घोडाघोडी नगरपालिकाको वडा भवन उद्घाटन समारोहमा तनाव सिर्जना भएको छ । नगरपालिका– ७ को भवन उद्घाटन कार्यक्रममा शिलालेखमा आफ्नो नाम नदेखेपछि उपमेयरले चर्को विरोध गरेकी हुन् ।

मेयर ममताप्रसाद चौधरीले शिलालेख अनावरण गर्न सुरु गरेपछि उपमेयर प्रेमकुमारी थापाले विरोध गर्दै शिलालेखमा ढुंगा बजार्नुका साथै थुकेपछि विवाद चर्केको थियो । मेयर र उपमेयरको विवाद चर्केपछि कार्यक्रममा उपस्थित सुरक्षाकर्मीले स्थिति साम्य पारेका थिए । उपमेयर थापाले पूर्वाग्रही ढंगले शिलालेखमा आफ्नो नाम नराखेकोमा आक्रोश उठेको प्रतिक्रिया दिएकी छिन् ।

‘शिलालेखमा आफ्नो नाम राख्न बारम्बार आग्रह गरेकी हुँ,’ उममेयर थापाले भनिन्, ‘तर मेयर र प्रशासकीय अधिकृतले मेरो अनुरोध बाइपास गरेपछि रिस उठेको हो ।’ विवादकै बीच वडा भवनकाे उद्घाटन कार्यक्रम भने सम्पन्न भएको छ ।