आज भूकम्पको धक्का,धेरै पराकम्पनको सम्भावना

मनिला- फिलिपिन्समा शनिबार बिहानै भूकम्प गएको छ। देशको अक्सिडेन्टल मिन्डोरो प्रान्तमा ५.४ म्याग्निच्युडको भूकम्प गएको हो। फिलिपिन्सको भूगर्भसम्बन्धी कार्यालयले स्थानीय समयानुसार बिहान ४.५ मा भूकम्प गएको जनाएको छ।

लुक टाउनदेखि २१ किलोमिटर दक्षिणपूर्वी क्षेत्रमा केन्द्रबिन्दु भएर भूकम्प गएको अधिकारीहरुले जनाएका छन्। भूकम्पको धक्का धेरै मानव बस्तीहरुमा महसूस गरिएको स्थानीय बासिन्दाले जानकारी दिएका छन्। भूकम्पपछि त्यस क्षेत्रका बासिन्दा त्रसित भएर घर बाहिर निस्किएका थिए।

भूकम्पपछि कुनै मानवीय तथा भौतिक क्षतिको विवरणहरु भने प्राप्त भइनसकेको सरकारी अधिकारीहरुले बताएका छन्। उनीहरुका अनुसार धेरै पराकम्पनको सम्भावना रहेपनि आँधीको चेतावनी भने दिइएको छैन।