एक बोटल रक्सीमा राष्ट्रियता बेच्ने को सुचिमा डा युवराज खतिवडा ६५ नं मा

नेपालको शक्तिशाली ठाउँमा बसेकाहरु किन ईण्डियासँग झुकि रहन्छन् र कतिसम्म गिरेका छन् भन्ने प्रमाण फेला परेको छ। इण्डियन एम्बेसीले एक/एक शक्तिशाली व्यक्तिहरुको नाममा उपहार भन्दै गोप्य रुपमा रक्सी पठाएको प्रमाण फेला परेसँगै देशको जिम्मेवार निकायमा बसेका व्यक्तिहरुको गैर जिम्मेवार चरित्र छताछुल्ल भएको हो।

नेपालका लागी भारतीय राजदुत बिनय मोहन क्वात्राको तर्फबाट उपहार स्वरुप भन्दै नेता तथा मन्त्रीका नाममा कार्टुनका कार्टुन रक्सी पठाईएको छ।

गोपनियता अपनाउँन एसआरएस एयर एक्सप्रेस प्रा.लि. मार्फत ठुलो परिमाणमा एम्बेसीले चिवास ब्राण्डको रक्सी डेलिभरी गरेको पाईएको छ।

गोप्य श्रोतले दिएको जानकारी अनुसार सिधै सवारी साधन मार्फत डेलिभरी गर्दा सुचना चुहिने भएकोले कार्गो मार्फत रक्सी सम्बन्धित व्यक्तिकोमा पुर्‍याउन खोजिएको हो।

श्रोतका अनुसार देशका प्रमुख निकायमा रहेका पदाधिकारीहरुको बरियता अनुसार चिवास रक्सीको परिमाण तोकिएको छ भने मन्त्रीहरुलाई क्वाटरमा र अन्य व्यक्तिहरुलाई घरघरमा रक्सी पुर्‍याउने जिम्मा एसआरएसले पाएको छ।

ईण्डियन एम्बेसीले रक्सी उपहार दिने व्यक्तिको ६५ औं नम्बरमा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार युवराज खतिवडाको नाम परेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीकै आशिर्वादमा राज्यका हरेक शक्तिशाली निकाय हुँदै अर्थमन्त्री समेत बन्न सफल खतिवडा विष्णु पौडेल उक्त मन्त्रालयमा नआउँदासम्म अर्थमन्त्रीकै हैसियतमा रहेको भन्ने आम बुझाई रहेको थियो।

गत फागुनमै राष्ट्रिय सभाको सदस्य पदको म्याद सकिएको भएता पनि ओलीकै बलमा भाद्रसम्म मन्त्री रहेका खतिवडा पुन दोहोरिने बताइए पनि बामदेव गौतमले सत्तामा जान बल गरेपछि मन्त्रीबाट हट्न बाध्य भएका थिए।

त्यसपछि प्रधानमन्त्रीको आर्थिक सल्लाहकार रहेका उनलाई हालै अमेरिकाको राजदूतमा सिफारिस गरिएको छ। देशको कार्यकारी प्रधानमन्त्रीको शिस्वासिलो पात्र समेत रक्सीको प्याकिङ नं. ६५ मा छ भने यसरी ईण्डियाले दिएको रक्सीमा राष्ट्रियता साट्नेहरु अरु कति छन् होला? हामी अनुमान लगाउँन सक्छौं।

विभिन्न निकायका गोप्य श्रोतहरुबाट हामीलाई जानकारी दिइए अनुसार आज सिंहदरबारमा प्रवेशको लागी एसआरएसले अनुमति माग्दा पास दिईएको छैन।

जसले गर्दा सिंहदरबार पुर्‍याउँनु पर्ने रक्सी उक्त कुरियरको बालुवाटारस्थित कार्यालयमै छ भने मन्त्रीहरुको नाममा आएको रक्सी निवासमा पुगि सकेको छ। ‘अनलाइनपाना’ बाट साभार गरिएको।