जन्मने बित्तिकै शिशुले डाक्टरको मुखबाट मास्क तानेपछि

विश्वव्यापी कोरोना भाइरसको संक्रमण द्रुत गतिमा बढिरहेको छ। विश्वभरका अर्थतन्त्र यतिबेला थिलथिलो बनेको छ। खोपको निर्माणका लागि विश्वभरका वैज्ञानिकहरु दिनरात नभनी खटिरहेको छन् ।

खोप नभएको अवस्थामा कोरोनाको रोकथामका लागि विश्वभरका मानिसहरुमा मास्क लगाउन अपिल गरिएको छ। तर, स्वास्थ्य क्षेत्रमा काम गर्ने मानिसहरुले मास्क अरुबेला पनि अनिवार्य लगाउनु पर्ने हुन्छ।

यसैबीच, एक भर्खरै जन्मिएको शिशुले चिकित्सकको मास्क तानेको तस्बिर सामाजिक संजालमा भाइरल भइरहेको छ। युएईका चिकित्सकले शिशुलाई आफ्नो हातमा लिएको बेला उक्त शिशुले चिकित्सकको मास्क तानेको तस्बिरमा देखिन्छ ।

सामाजिक संजाल इन्स्टाग्राम उक्त तस्बिर सार्वजनिक गर्दै चिकित्सकले लेखे, ’आशा गरौँ अब हामीले चाँडै नै मास्क नलगाउनु परोस्।

तस्बिर सार्वजनिक गरेको केहिबेरमै थुप्रैले यसमा प्रतिक्रिया जनाएका छन्। कोहीकोहीले अब हामीले मास्क छोड्नु पर्ने दिन आउँदै भनेर लेखेका छन् भने कसैले यसलाई सकारात्मक तस्बिरको रुपमा वर्णन गरेका छन्।

कोरोनाभाइरस महामा’रीका कारण अहिले संसारभरका मानिसहरुले मास्क लागाउनु पर्ने बाध्यता छ। यसै समयमा यस्तो तस्बिर सार्वजनिक हुँदा मानिसहरुले अब नयाँ युगको शुरुवात हुने आंकलन गरेका छन्। एक नयाँ जीवनले नयाँ युग शुरुवात गरेको संकेत दिएको प्रतिक्रिया आएका छन्।