भक्तपुरको ब्रह्मायणीमा भक्तजनको घुइँचो

नवरात्रको पहिलो दिन भक्तपुरको ब्रह्मायणीमा भक्तजनको घुइँचो लागेको छ।

कोरोना भाइरस महामारीका कारण स्थानीय प्रशासन र भक्तपुर नगरपालिकाले शक्तिपीठमा दर्शनका लागि नजान र भीडभाड नगर्न आग्रह गरेपनि सर्वसाधारण बिहानै देखी ब्रह्मायणी दर्शनका लागि पुगेका थिए।

नवरात्रीमा विभिन्न शक्तिपीठमा स्थान गर्ने र दर्शन गर्ने परम्परा अनुसार भक्तपुरमा बडादशैँँको पहिलो दिन ब्रह्मायणीस्थित त्रिवेणीमा स्नान गरी ब्रह्मायणीको दर्शन गरिन्छ।