हाम्रो रंगशालामा चाँही फिल्म र म्युजिक भिडियोको सुटिङ-किरण चेम्जोङको खुला पत्र

आदरणीय राष्ट्रिय खेलकुद परिषद् तथा सम्माननिय सरकार ज्यूलाई मेरो सानो खुला पत्र, म नेपाली राष्ट्रिय टोली, एन्फा तथा व्यक्तिगत तर्फबाट कप्तान किरण चेम्जोङ सरकारलाई के भन्न चाहान्छु भने फुटबल मात्रै नभई सम्पुर्ण खेलकुदहरु आवश्यक मापदण्ड पूरा गरेर सुचारु गर्न आवश्यक छ ।

तपाईहरु किन एकान दुकान गर्दै हुनुहुन्छ ? के खेलाडी सँधै मर्म मै पर्ने हो ? हामी मर्ने अवस्था आएको हो भने भने तपाईंहरु जिम्मेवार निकायमा बसेको के अर्थ भयो र ? खेलाडीहरु सँधै काठमाडौँको धुलोमा तपाईहरु चाँही चिल्लो गाडीमा !

खेलकुद मन्त्रालय र खेलकुद परिषद्का माननिय ज्यु र नेपाल सरकार, सायद तपाईहरुले देशको नाम खेलकुद र खेलाडीले चिनाउने गरेको भन्ने कुरा बिर्सनुभयो होला । यतिका महिनासम्म खेलाडी कुन अवस्थामा छ भनेर तपाईहरुले चासो गर्नुभएन । फुटबलमा भविष्य खोज्ने भाई बहिनीहरुलाई यस अवस्थाले कस्तो असर परेको होला भन्ने कुरा खुलस्त देख्न सकिन्छ ।

सम्पूर्ण देशले फुटबललाई सुचारु गरिसकेको भए पनि हाम्रो देशमा खेलकुदको विषयमा बोलिदिने कोही पनि मान्छे भएनन् । खेलाडीका लागि मात्र होइन खेलकुद लागि पनि बोलिदिने मान्छे भएनन् ।

सबै देशमा फुटबल सुचारु भइसक्दा हाम्रो देशमा भने खेलको लागि दुःखत समयमा बनाइएको रंगशाला फिल्मको सुटिङ तथा म्युजिक भिडियो सुटिङको लागि खुल्ला भएको छ । फुटबल खेल्न चाँही किन नहुने ? फुटबलले देशका लागि त्यति ठूलो असर पार्छ र !

म अबका दिनमा सम्पुर्ण खेलमैदान खेलका लागि सुचारु गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु । आखिर कहिलेसम्म नेपाली फुटबलको लोकदोहोरी फेसबुकमा हेरेर बस्ने ? हामीले नेपाली फुटबलको विकासका लागि कसैले केही गरिरहेको देखेका छैनौं ।

फुटबल खेलाडीले खेल्न बिर्सिसके । सरकार ! फुटबल राजनीति जस्तो होइन । बोलेर फुटबल खेल्ने गरिदैन । यो चिल्लो गाडीमा बसेर गफ लगाए जस्तो सजिलो हुँदैन । खेलाडीले २ खुट्टा चलाएर घर परिवार हेर्नुपर्ने हुन्छ ।

७ महिना देखि बेरोजगार भएका खेलाडीको क्षतिपूर्ति कसले दिन्छ ? जुन खेलाडीले खेलेर नै जीविका चलाइरहेको थियो उ त आजभोलि खेलमैदान छोडेर विदेश पो जाँदै छ । यो त लाजमर्दो कुरा होइन र !

जय देश ! जय देश !! जय नेपाली फूटबल !!!

नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरण चेमजोङ