रवि लामिछाने पत्नि निकितामाथि पनि छा*नबिन हुने

काठमाडौं। प्रहरीले पत्रकार शालीकराम पुडासैनी आ*त्म*ह*त्या प्रकरण छानबिनका क्रममा चितवन प्रहरीको हि*रासतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने पत्नि निकिता पौडेलमाथि पनि छानबिन गर्ने भएको छ ।

केही दिनअघि रविलाई हि*रासतमा खाना खुवाउन भनेर गएका बेला रविको ‘भ्वाइस रेकर्ड’ गरेर सार्वजनिक गरेको आ*रोपमा उनीमाथि छानबिन हुने भएको हो । सार्वजनिक भएको अडियो रेकर्डमा रविले चितवनका एसपी दानबहादुर मल्लले पूर्वाग्रही भएर छानबिन गरेको आ*रोप लगाएका छन् । रविले मृ*तक पत्रकार पुडासैनीका परिवारलाई मल्लले बोलाएर आफूविरुद्ध कि*टानी जाहेरी दिन लगाएको पनि उल्लेख गरेका छन् । रविको उक्त अडियो युट्युबमा छ । प्रहरी अनुसन्धानमा रहेका व्यक्तिले प्रहरी, सरकारी वकिल र अदालतमा बयान दिने क्रममा बाहेक सार्वजनिक रुपमा आफूमाथि लागेको अ*भियोगबारे बोल्न मिल्दैन । तर, गैरकानूनी रुपमा प्रतिबन्धित काम गरेको भन्दै प्रहरीले निकितामाथि अनुसन्धान गर्ने भएको छ ।

‘निकिताले खाना खुवाउने क्रममा रविको अडियो रेकर्ड गरेर बाहिर दिएको पुष्टि भएको छ’, चितवन प्रहरीका एक अधिकृतले भने, ‘अनुसन्धान प्रभावित पार्ने नियतले प्रतिब*न्धित काम गरेको अ*भियोगमा छानबिन हुन्छ ।’ लामिछाने पत्नि पौडेल केही दिनअघि शालीकराम पुडासैनीले आ*त्म*ह*त्याअघि रेकर्ड गरेको भिडियो सार्वजनिक गरेको आ*रोपमा चितवनका एसपी मल्ल र जनआस्था साप्ताहिकका सम्पादक एवं प्रेस काउन्सिलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठवि*रुद्ध साइबर क्रा*इ*म मु*द्दा दर्ता गर्न प्रहरीमा गएकी थिइन् । तर, प्रहरीले उजुरी लिन अस्वीकार गरेको थियो ।

२० साउनमा नारायणगढस्थित एक होटलमा झु**ण्डि**एर आ*त्म*ह*त्या गरेका पुडासैनीको मोबाइलमा रहेको भिडियोमा आफू रवि लामिछाने, युवराज कँडेल र स्टाफ नर्स अस्मिता कार्कीका कारण आ*त्म*ह*त्या गर्न बाध्य भएको बताएका छन् । सोही भिडियोका आधारमा मुलुकुी अपराध संहिताअन्तर्गत कारबाहीका लागि उनीहरु तीनैजनालाई प्रहरीले काठमाडौंबाट प*क्राउ गरी चितवन लगेको हो । लामिछाने समर्थकले रविको पक्षमा हुने गरी घ*टना अनुसन्धानका लागि दबाब दिन काठमाडौं र चितवनमा दिनहुँजसो प्रदर्शन गर्दै आएका छन् ।