नेपालका पहिलो ट्रक व्यवसायी सरदार, जो राजा महेन्द्रदेखि प्रचण्डसम्म निकट छन् (भिडियोसहित)

काठमाडौं। आज भोलि जीवनदेखि दिक्क लाग्न थालेको छ। केही नयाँ गरौ भन्ने जाँगर हरायो। भएको सामान मिलाउन समेत जाँगर चल्दैन,’ आफ्नो दश रोपनी जग्गाको बिचमा रहेको दरबार वरपर घुम्दै सरदार प्रितम सिंह (८४)ले भने।

दश वर्षअघि श्रीमती हरचरण कोरको मृत्यु पछि एक्लिएका उनलाई एक्लोपनले सताइरहन्छ।

उनको घरको बनावट र सजावट हेर्दा कुनै दरबारभन्दा कम थिएन। पुरानो शैलीमा बनेको घर र सजावट पनि त्यस्तै मन छुने थियो।

प्रितम सिहंले आफ्नो बैठक कोठाभरी स्वर्गीय राजा वीरेन्द्रसँगका तस्वीर सजाएर राखेका थिए।

ठिक दाँया पट्टी राजपूत शैलीमा उनका नाति अगंदको विवाहका तस्बिर झुण्डाइएको थियो।

प्रितम सिंह जब पहिलो पटक दाङको तुल्सीपुर आएका थिए। त्यसपछि भारत फर्कदा नेपाल कहिल्यै नफर्कने भनेर गएका थिए। तर, भोलि के हुन्छ कसलाई के थाहा? भनेझै प्रितम सिंह त्यसको एक वर्ष पछि नै ६२ वर्ष अघि भारतको जम्मुबाट काठमाडौंमा आउनुपर्‍यो।

प्रितम सिंह नेपालमा पहिलो ट्रक चलाउने व्यक्ति हुन्। २२ वर्षैकै उमेरमा काठमाडौं आएका उनलाई त्यो बेला भारतबाट काठमाडौं पुग्न एक महिना लागेको थियो।

प्रितमका बुवा सरदार कहन सिंह जम्बुको पहिलो यातायात व्यवसायी थिए। उनी भारतमा ठूलै ट्रान्सपोर्टर थिए।

‘नेपालमा मालवाहक ट्रक छैनन्। हामी जम्मुमा बसेका, पहाडमा गाडी चलाउन जानेका छौ। त्यही भएर हामी काठमाडौंमा ट्रक चलाउन सक्छौं। अरू कसैले आँट गदैन तिमी जाउँ,’ बुबाले यति भनेपछि प्रितम सिंह नेपाल आएका रहेछन्। प्रितम हाँस्दै भन्छन्,‘बुबालाई पहिला नै थाहा रहेछ। बाटो घाटो।’ पूरा पढ्न र भिडियोका लागि यहाँ जानुहोस…