पशुपतीनाथको दर्शन गर्न पाउनुपर्ने माग गर्दै प्रदर्शन

धार्मिक स्थलहरु दर्शनका लागि खुला गर्न माग गर्दै बुधबार गौशालास्थित पशुपतिनाथ मन्दिर बाहिर प्रदर्शन भएको छ।

कोरोना भाइरसको महामारीयता सरकारले धार्मिक स्थलको दर्शनमा रोक लगाएको थियो। अधिकांश क्षेत्र खुला भएपनि मानिसको बढी जमघट हुने भन्दै धार्मिक स्थल प्रवेशमा लगाइएको रोक यथावत छ।