३३ वर्षअघि ह’त्या गरेर भागेका व्यक्ति प’क्राउ

बाराको सिम्रौनगढमा ३३ वर्षअघि भएको एक ह’त्यामा दोषी ठहर भइ फरार रहेका व्यक्ति प’क्राउ परेका छन्।

प्रदेश-२ प्रहरी र इलाका प्रहरी कार्यालय सिम्रौनगढको टोलीले बुधबार श्यामकिशोर प्रसाद कुसवाहालाई प’क्राउ गरेको हो।

कुशवाहा घटनापछि भारतमा बस्दै आएको जनाइएको छ।

२०४४ भदौ १२ गते सिम्रौनगढ नगरपालिका-६ कोहलपुरमा जयमंगल प्रसादको ह’त्या भएको थियो।

बारा जिल्ला अदालतले २०४७ असोज २७ गते कुसवाहालाई दोषी ठहर गर्दै १० वर्ष कैदको फैसला सुनाएको थियो।