कास्मिर समस्या समाधानमा भूमिका पाकिस्तानले माग्यो नेपालको सहयोग

काठमाडौँ। पाकिस्तानले कास्मिर समस्यालाई लिएर नेपाललाई दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क)को अध्यक्षको हैसियतले शान्ति तथा स्थिरताका लागि भूमिका खेल्न ध्यानाकर्षण गराएको छ । पाकिस्तानी विदेशमन्त्री शाह मोहम्मद कुरेसीले नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई टेलिफोन गर्दै ध्यानाकर्षण गराएका हुन् ।

टेलिफोन सम्पर्कपछि ‘विदेशमन्त्री (कुरेसी)ले नेपाललाई सार्कको अध्यक्षको रुपमा शान्ति तथा स्थायित्वका लागि भूमिका खेल्न आग्रह गर्नुभएको छ’, पाकिस्तानी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा पनि भनिएको छ, ।
पाकिस्तानी विदेशमन्त्री शाह र परराष्ट्रमन्त्री ज्ञवालीबीच बिहीबार राति फोनवार्ता भएको हो । यद्यपि नेपाल पक्षले अहिलेसम्म केही खुलाएको छैन । हाल भारतले कस्मिरमा हुनसक्ने सम्भावित हिं*सालाई ध्यानमा राख्दै पूरै क्षेत्रमा निषे*धाज्ञा जारी गरेको छ ।

गत ५ अगस्टमा भारत सरकारले कस्मिर राज्यलाई दिँदै आएको विशेष दर्जा खारेज गरेको थियो । तर, दू*र्भाग्य सार्क वडापत्रका अनुसार नेपालले दुई पक्षीय मामिलामा औपचारिक ढंगले कुनै भुमिका निर्वाह गर्न सक्दैन ।
नेपालले गर्न सक्ने भनेको असल छिमेकीको नाताले आफ्ना दुवै छिमेकी मुलुकलाई समस्याको न्यायोचित र शान्तिपूर्ण समाधान खोज्न आग्रह गर्न मात्रै सक्छ ।