पल, एलिजा, दुर्गेश र ऋषि धमलाको भिडिओ सार्वजनिक(भिडियो)

चर्चित नायक पल शाह, नायिका एलिजा गौतम, दुर्गेश थापा र अहिलेका चलेका मोडल सुधिर श्रेष्ठ अभिनित ‘किन यस्तो भो’ बोलको गीतको भिडिओ सार्वजनिक भएको छ।

शुभ मिडियाको प्रस्तुति रहेको उक्त गीत सरोज ओलीको रचना हो। दीपक शर्माको संगति रहेको गीतमा दुर्गेश थापा, डेभिड शंकर र बेनिशा पौडेलको स्वर रहेको छ।

भूपेन्द्र अधिकारीको सम्पादन, नवराज उप्रेतीको छायाँकन र सुनिल क्षेत्रीको कोरियोग्राफी रहेको गीतको छायाँकन त्रिपुरेश्वरस्थितु दशरथ रंगशालामा गरिएको हो। भिडिओको निर्देशनपनि सरोज ओलीकै छ।

गीतको अन्त्यतिर चर्चित पत्रकार ऋषि धमलाको पनि अपिरिएन्स देख्न सकिन्छ। ओमा पूर्व राष्ट्रिय फुटबलर हरि खड्का कोचको भूमिका देखिएका छन् । थप भिडियोमा हेर्नुस्