अधिवक्ता थापा भन्छन् : ‘पुडाशैनीले रविको नाम लिँदैमा दुरु*त्साहन भन्न मिल्दैन, आधार के छ ?’

काठमाडौं। वरिष्ठ अभिवक्ता शम्भु थापाले कुनै पनि घ टनामा कसैले पनि एउटा धारणा बनाउने सक्ने भएकाले त्यसलाई रोक्न नसकिने बताउँछन् । उनले आ त्म ह त्याका लागि प्रेरणा दियो की दिएन भन्ने कुरा मुख्य हुने तर त्यसमा देखिएका तथ्यहरुलाई लिएर दृष्टिकोण बन्न सक्ने भएकाले त्यसलाई कसैले रोक्न नसक्ने उनको भनाई छ ।

अदालतले थु नामा राख्न भनेर अनुमति दिइसकेपछि त्यसको विरुद्ध बोल्न नमिल्ने बताए । म्याद थप गरेको विषयमा अदालतले गरेको निर्णय सर्वोपरी हुने उनको भनाई छ । त्यसका विरुद्ध बोल्न नहुने उनको भनाई छ । सबै तथ्य आयो भने त्यसका बारेमा धारणा बनाउन सकिने भएपनि कानुन माथि कोही नहुने उनको भनाई छ । जनमत सिर्जना गर्न पाइने भएपनि अदालतको मानहानी हुने काम गर्न नहुने बताए । आ त्म ह त्या भन्ने वित्तिकै पहिलो अनुसन्धान रवि लामिछाने तिर नआउने बताए ।

प्रहरीले शालिकराम पुडाशैनीसंग जोडिएका ब्यक्तिहरुका बारेमा बुझ्नु प्रहरीको पहिलो कर्तब्य हुने बताए । उनले आ त्म ह त्या गर्नु नै एक किसिमको मनोरोग भएको बताए । उनले शालिकरामको जिवनका सन्दर्भमा जोडिएका साथीभाई, नातामा जोडिएका ब्यक्तिहरुसंग सोध्नुपर्ने बताए । उनले भिडियोमा कसैको नाम लिँदैमा त्यो ब्यक्ति अभियुक्त नहुने उनको तर्क छ । मर्ने सम्मको काम गर्न सहयोग गर्ने त्यस्तो के काम गरे रु

त्यो प्रमुख तथ्य हुने उनको भनाई छ । कार्यालय वा मालिकले तलब कम दिएँ म म रें भनेर कोही ब्यक्तिले आ त्म ह त्या गर्छ भने त्यो दुरु त्साहन नहुने तर्क गरेका छन् । उनले भिडियो हेर्दा पुडाशैनिको भिडियोमा तलब कम भएको कुरा आएको पनि बताए । कुनै अ पराधिक कार्य गरेको पुष्टि भए मात्र त्यो दुरु त्साहन गरेको ठहर्ने उनको तर्क छ ।