एकैदिन १८ जनाको मृ’त्यु; देशभरमा पछिल्लो २४ घण्टाको कोरोना अपडेट

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय ५६ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १५ हजार ३ सय ५८ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १ हजार ५ सय ३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ७८ हजार ७ सय ८० पुगेको छ।

पछिल्लो २४ घण्टामा १५ हजार ५ सय ७७ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ९ सय १५ रहेको छ भने ४ हजार ७ सय ९५ जना क्वारेन्टिनमा छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १८ जनाको मृ’त्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृ’त्यु हुनेको संख्या ६६३ पुगेको छ।काठमाडौँ उपत्यकामा थप २१२९ जनामा कोरोना पुष्टि भएको छ।