च्याङ्ग्रा लिन हिमालपारि

दशैँलाई च्याङ्ग्रा लिन यहाँका व्यापारी बर्सेनि हिमालपारिको जिल्ला मुस्ताङ छिर्छन् । हप्तौँ लगाएर च्याङ्ग्रा भित्र्याउँछन् । यसपालि पनि कतिले च्याङ्ग्रा ल्याइसके भने कोही बाटैमा छन् । व्यापारी अम्मरबहादुर क्षत्री र लक्ष्मण खड्का च्याङ्ग्रा लिएर आजै बागलुङ आइपुगेका छन् ।

“१८ गते गएको बल्ल आज आइपुगियो”, क्षत्रीले भने । जोमसोमदेखि दुई दिनको बाटोमा पर्ने चमर भन्ने ठाउँमा पुगेर च्याङ्ग्रा ल्याएको उनको भनाइ छ । क्षत्री र लक्ष्मण मिलेर १४५ च्याङ्ग्रा जिल्लामा भित्राएका छन् । च्याङ्ग्रा लिन यहाँका २० भन्दा बढी व्यापारी मुस्ताङ पुगेको क्षत्रीले बताए । लामो बाटोमा कठिन यात्रा तय गरेर व्यापारीले च्याङ्ग्रा ल्याउँछन् ।

यसपालि च्याङ्ग्रा कम आएको र भाउ पनि महँगिएको छ । कोभिड–१९ कारण तिब्बतका व्यापारीले च्याङ्ग्रा मुस्ताङ ल्याएका छैनन् । स्थानीय च्याङ्ग्रा मात्र बजारमा आएको छ । मुस्ताङमा पालिने च्याङ्ग्राले माग नधान्ने हुँदा ठूलो सङ्ख्यामा च्याङ्ग्रा तिब्बतबाट भित्रने गथ्र्यो ।

“दशैँका बेला ३५र४० हजारसम्म च्याङ्ग्रा मुस्ताङबाट बाहिरिन्थ्यो, अहिले ८र१० हजार मात्र आउँदैछ”, क्षत्रीले भने । उनका अनुसार च्याङ्ग्राको भाउ पनि झण्डै पाँच हजारले बढेको छ । रोज्जा च्याङ्ग्राको मूल्य ३४ देखि ३५ हजारसम्म पुगेको छ ।