सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ, २७ असोज । मंगलबार सुन चाँदीको भाउमा गिरावट आएको छ । सोमबार तोलाको ९५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेर ९५ हजार १ सयमा झरेको हो । तेजावी सुन पनि आज तोलामा ५ सयले नै घटेर ९४ हजार ६ सय रुपैयाँमा आईपुगेको छ ।
चाँदीको भाउमा पनि आज १० रुपैयाँले घटेको छ । चाँदी आज तोलामा १२ सय २५ रुपैयाँ कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८१ हजार ५३५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८१ हजार १०१ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५० रुपैयाँ कायम गरेको छ ।